Logo
Logo

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश मेघराज र कुमारको इजलासमा


441
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ ।

The current image has no alternative text. The file name is: oli-lekhak.jpg

पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको निवेदनको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । यी दुवै पेसी इजलासको पहिलो क्रममै रहेका छन् ।

शनिवार पक्राउ परेका ओलीकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी हुन् भने लेखकको पनि उनकी श्रीमती यशोदा लेखकले दर्ता गराएकी थिइन् ।

केपी शर्मा ओली शनिकार गुन्डुबाट पक्राउ परेका थिए । ओली र लेखक भदौ २३ को घटनामा दमन गरेको आरोपमा जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार पक्राउ परेका हुन् ।

आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरू दुवै जनालाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्