Logo
Logo

जुम्लामा जातीय विभेद गरेको भिडियो भाइरल


441
Shares

काठमाडौं । आइतबार बेलुकीदेखि जुम्लामा जातीय विभेद गरेको भिडियो भाइरल भइरहेको छ । सदरमुकाम खलंगाको कालेखोली क्षेत्रस्थित एक होटलमा खिचिएको उक्त विडियो भाइरल भइरहेको हो ।

जुम्ला गुठिचौर-३ की कविता बुढाले होटलमा तातोपानी खान गएका राजबहादुर सुनारलाई खुलेआम डुम भनेर जातीय विभेद गरेको देखिन्छ । एक मिनेट ३४ सेकेण्डको उक्त सार्वजनिक भएको भिडियोमा उनले भनेकी छन्, ‘डुम भनेका डुम हुन् । भैसा मासु खान्छन् । म डुमै भुन्यौं ।  डुम किन नभुन्या । मेरा घर दसै‌मा पुच्छुर लिन आउँछन ।’

उनले नजिकै रहेका अन्य महिलालाई साक्षी राख्दै भन्छिन्, ‘क्यान डुम नभुन्ने , डुम नभुन भुन्या मकन । आफ्नो व्यवहार नदेखाउनु पर्‍यो क्या भन्दै आक्रोश समेत पोख्छिन् । 

नजिकै उभिएका राजबहादुर तेरोमा को पुच्छर लिन आउँछ त्यही भन्नु जा भन्दै सामान्य प्रतिकार गरे जस्तो गरिरहेका देखिन्छन्। फेरि कबिताले  मैले डुम भुन्न पाएन तिमीकन तोकि कन भन्या छु । तो दाइ डुम होस् भुन्या छु भन्दै उम्किन खोजे जस्तो गर्छिन् ।’मा कसम म पनि ओभरै छु’ नजिकै रहेकी एक महिला देखाउँदै उनी भन्छिन्, ‘दसैंको बेला भाउजु सूर्य कसम घरपैसो गर्ने बेला दमाह बजाउन आउने अनि मैले नभन्या । मेरो घर विवाह ताका बिउ माग्न आउने अनि मैले डुम नभुन्न पाउन्या ।’

नजिकै रहेको हाटेलमा बसेका मान्छेहरुलाई ‘दाइ तपाइहरू दुःख नमान्नु होला,  मैले भन्न पाएकी पाएन’ भन्दै उनी चर्को स्वरमा बोल्छिन् ।  यो बोल्ने तरिका राम्नो नभएको भन्दै वरिपरि बसेकाले सुझाइरहेका देखिन्छन् । ‘म कत जाक (प्रहरीमा हाल) मेरो जेठा बा निकाली हाल्छु भन्नै उल्टै धम्कीपूर्ण अभिव्यक्ति दिन्छिन् । 

भिडियो:

प्रतिक्रिया दिनुहोस्