Logo
Logo

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्गको  ठेक्का


1.8k
Shares

काठमाडौं । सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले ‘युसीन-एआरटी जेभी’ नामक चिनियाँ कम्पनीलाई सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिने भएको हो ।

अनुमानित लागतभन्दा करिब ४० प्रतिशत कम रकम कबोल गरेकाले उक्त कम्पनी छनोट गरिएको हो । कम्पनीलाई एक हप्ताभित्र सम्झौताका लागि बोलाइएको छ । आयोजनाले सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि गत कार्तिक १६ गते ठेक्का आह्वान गरेको थियो ।

जसमा १० कम्पनीले टेण्डर दिएका थिए । तीमध्ये युसीन-एआरटी जेभीले सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गरेको थियो । कम्पनीले ५ वर्षसम्म सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि कुल १ अर्ब १० करोड ४० लाख रुपैयाँमा काम गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्