काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफू विरुद्ध ज्यानमार्ने धम्की आएको भन्दै साइबार ब्यूरोमा उजुरी दिएका छन् । सोमबार उनले साइबर ब्यूरोमा लिखित उजुरी दिएका हुन् ।

सुनिता खड्का नामको टिकटक आईडिबाट आफ्नो घरसमेत जलाउने धम्की आएको साम्पाङको उजुरीमा उल्लेख छ । साम्पाङले दिएको उजुरीमा भनिएको छ-मलगायत मेरो घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिई आमसंचार माध्यममा टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा अपशब्द प्रयोगका साथै गालि गलौज गरी समाजमा भ्रम फैलाएको हुँदा प्रचलित नेपाल सरकारको कानुन बमोजिम हदैसम्मको कारबाही गरी पाउँ ।’











