Logo
Logo

ओलीसँग अस्पतालमै बयान लिन थालियो


819
Shares

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिन थालिएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमै बयान लिन सुरु गरेका हुन्।

पक्राउ परेपछि स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकहरूले उनलाई अस्पतालबाहिर लैजान उपयुक्त नरहेको राय दिएपछि अस्पतालमै बयान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

ओलीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको बयान भने पूरा भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्