काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । थापाले बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेका थिए । उनले जेनजी आन्दोलन र रास्वपामाथि कटाक्ष गरेका थिए ।

उनले फेसबुकमार्फत भनेका छन्– पौडेले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । ‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमालेको दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् ।’
पौडेलले थापाको उक्त अभिव्यक्तिप्रति भोलिको केन्द्रीय समितिको बैठकमा छलफल र निर्णय हुने अपेक्षा पनि व्यक्त गरेका छन् ।
उनले थप भनेका छन्, ‘यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा ९एमाले० को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।’











