Logo
Logo

वैदेशिक रोजगारीमा ठगी गर्नेहरूको नाम सार्वजनिक (सूचीसहित)


2k
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्नेहरूको नाम तथा विवरण सार्वजनिक गरेको छ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको निर्देशन अनुसार विभागले व्यक्तिगत रूपमा ठगी गर्नेहरूको विवरण सार्वजनिक गरेको हो ।

विभागले सार्वजिक गरेको सूची अनुसार २०८२ फागुन १७ गतेदेखि २०८२ चैत १७ गतेसम्म १ महिनाको अवधिमा ठगी गर्ने ३४६ भन्दा बढीको नाम सार्वजनिक भएको छ ।

विभागको अनुसन्धान तथा मुद्दा शाखामा व्यक्तिगत रूपमा ठगी गरेका तथा वैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दामा जाहेरी परेका प्रतिवादीहरूको सूची सार्वजनिक गरिएको हो ।

विभागले अवदेखि हरेक ३/३ दिनमा दर्ता भएका मुद्दाको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ । जसमा प्रतिवादीहरूको नाम, ठेगाना र विगो रकम उल्लेख गर्नेछ । सोही आधारमा पहिलो पटक एक महिनाभरमा परेको ठगीका उजुरीहरूमा समावेश गरिएको प्रतिवादीहरूको विवरण सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्