Logo
Logo

यूएईमा ड्रोन अवशेष खस्दा घाइते भएका सबै नेपाली खतरामुक्त


504
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: Pararastra.gif

दूतावासले घाइतेहरूसँग सम्पर्क गरेर उनीहरुको अवस्थाबारे जानकारी लिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । घाइते भएका सातै जनासँग दूतावासका कर्मचारीले सम्पर्क गरी कुरा गरेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार घाइते भएका भएकामध्ये एक जनाको अवस्था चिनताजनक भनिए पनि सातै जना खतरामुक्त रहेको पाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । ‘ सबैसँग सम्पर्क भइसकेको छ । एक जनाको हातमा चोट लागेको थियो तर खतरामुक्त रहेको जानकारी आएकोछ’, उनले भने, ‘अन्‍य के सहयोग गर्न सकिन्छ भनेर दूतावास परिचालित भएको छ ।’

दुई जना उपचारपश्चा डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँचजनाको उपचार भइरहेको छ । यूएईको सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले यस विषयमा चासो लिएको लिएर उनीकहरुको अवस्थाबारे जानकारी लिएको हो ।

प्रतिक्रिया दिनुहोस्