Logo
Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन


819
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा शनिवार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

The current image has no alternative text. The file name is: birodha.jpg

निरन्तरको मूल्यवृद्धिले आम नागरिकको जनजीवन कष्टकर बनेको भन्दै राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले तत्काल मूल्य समायोजन गरी नागरिकलाई राहत दिन र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्