Logo
Logo

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ हुने


1.2k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि (आइतबार) सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जबाफ आइसकेको छ ।  

The current image has no alternative text. The file name is: oli-lekhak.jpg

अब मुद्दाका सबै पक्ष मिलिसकेकाले भोलि दुवै जनाका रिट पेसीमा चढ्ने भएको छ ।  जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।

उक्त पक्राउ गैरकानुनी भनेर दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए । चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाऊ आदेश भएको थियो । सोही आदेशअनुसार सरकार पक्षबाट लिखित जवाफ आइसकाले अब सुनुवाइका लागि भोलि बहस हुने  छ । 

प्रतिक्रिया दिनुहोस्