Logo
Logo

कांग्रेसले बोलायो संसदीय दलको बैठक


693
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी दलको बैठक बोलाइएको हो । बैठकले संम्भवतः संसदीय दलको नेता चयन गर्नेछ ।

अरु दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बनिसके ।

नेकपा एमालेले रामबहादुर थापालाई संसदीय दलको नेता चयन गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नै संसदीय दलको नेताको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन भएका छन् । तर, कांग्रेसले भने हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्