
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पद नेकपा एमालेलाई दिने सहमति भएको छ । उपाध्यक्ष र चार समितिका सभापतिहरूको बाँडफाँटबारे नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपा नेपालबीच आइतबार सहमति भएको हो ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका अनुसार उक्त सहमतिअनुसार एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पाउनेछ ।
त्यस्तै, कांग्रेसले दुई संसदीय समितिका सभापति लिनेछ भने नेकपा र जसपा नेपालले एक÷एक समितिको सभापति पाउनेछन् ।
राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार गरी चार समिति रहेका छन् ।
त्यस्तै, दुईवटा संयुक्त समिति पनि रहनेछन्, जसमा प्रतिनिधि सभाका सदस्यहरू पनि रहन्छन् ।










