Logo
Logo

सरकारी कार्यालयको समय फेरियो : बिहान ९ देखि साँझ ५ बजेसम्म


630
Shares

काठमाडौं । सरकारले सरकारी कार्यालय खुल्ने र बन्द गर्ने समय फेर्ने निर्णय गरेको छ । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो । अहिलेसम्म सरकारी कार्यालय बिहान १० बजे देखि साँझ ४ बजे खुला रहने गर्थे  । 

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा लागू हुनेछ ।

त्यस्तै, सरकारले भोलि (२३ चैत) बाट लागू हुनेगरी शनिवार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय पनि गरेको छ । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्याका कारण यस्तो निर्णय भएको सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्