Logo
Logo

प्रश्नको अस्तित्व नभए जनता आफैँ सदन छिर्छन् : मनिष झा


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले सदनमा जनताको प्रश्नको अस्तित्व नभए जनता आफैँ सदनमा छिर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता समेत रहेका सांसद झाले सदन भनेको जनताको आवाज उठाउने ठाउँ भएको बताएका हुन् ।

उनले भने, ‘सदनमा जनताको प्रश्नको अस्तित्व हुँदैन भने त्यहाँ जनता आफैँ छिर्छन् । त्यो भदौ २३ र २४ गते देखियो । त्यो सहकर्मी साथीहरूले सम्झिरहनुहोला ।’

यसअघि सदन बालुवाटार, बूढानीकलकण्ठ, बालकोट र खुमलटारको बन्न खोज्दा भदौ २३ र २४ को घटना घटेको झाले बताए । उनले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई सदनलाई स्वतन्त्र बनाउन शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्