काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ४५ सदस्यीय केन्द्रीय कार्य संयोजन समिति बनाएको छ ।

समितिमा प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेका छन् । समितिमा बाँकी ४३ जना सदस्य छन् । केही दिनअघि नै नेकपाले यो समिति बनाएको हो । तर, समितिमा युवालाई नसमेटिएको भन्दै विरोध हुँदै आएको छ ।
अहिले सोही समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । बिहीबार पनि सो समितिको बैठक बसेको थियो ।
बैठकमा फागुन २१ गते भएको चुनाव समीक्षासँगै पार्टीको आगामी महाधिवेशन, पार्टीको आगामी कार्य योजना लगायतका एजेन्डामा छलफल हुने जनाएको छ ।
पार्टी एकता गर्दा नेकपाले पार्टीको महाधिवेशन ६ महिनाभित्रमा गर्ने जनाएको थियो । तर, महाधिवेशन कहिले गर्ने टुंगो भने नेकपाले अझै लगाइसकेको छैन ।
यी हुन् नेकपाको संयोजन समितिका पदाधिकारी
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’– संयोजक
२. माधवकुमार नेपाल– सहसंयोजक
३. झलनाथ खनाल– सदस्य
४. वामदेव गौतम– सदस्य
५. नारायणकाजी श्रेष्ठ– सदस्य
६. अग्निप्रसाद सापकोटा– सदस्य
७. कृष्णबहादुर महरा– सदस्य
८. रंगनाथ श्रेष्ठ– सदस्य
९. डा. गंगालाल तुलाधर– सदस्य
१०. गिरिराजमणि पोखरेल– सदस्य
११. गोपाल किराँती– सदस्य
१२. चक्रपाणि खनाल– सदस्य
१३. चेतबहादुर पुन– सदस्य
१४. जनार्दन खतिवडा– सदस्य
१५. जयन्तीदेवी राई– सदस्य
१६. डिलाराम आचार्य– सदस्य
१७. दीनानाथ शर्मा– सदस्य
१८. देवप्रसाद गुरुङ– सदस्य
१९. देवेन्द्र पौडेल– सदस्य
२०. नन्दबहादुर पुन– सदस्य
२१. पम्फा भुसाल– सदस्य
२२. प्रकाश ज्वाला– सदस्य
२३. प्रमेशकुमार हमाल– सदस्य
२४. प्रेमबहादुर सिंह– सदस्य
२५. डा. बेदुराम भुसाल– सदस्य
२६. भानुभक्त जोशी– सदस्य
२७. डा. भीम रावल– सदस्य
२८. मदनकुमारी (गरिमा) शाह– सदस्य
२९. महेन्द्र राय यादव– सदस्य
३०. मातृकाप्रसाद यादव– सदस्य
३१. मेटमणि चौधरी– सदस्य
३२. रञ्जिता श्रेष्ठ– सदस्य
३३. राजेन्द्रकुमार राई– सदस्य
३४. राजेन्द्र श्रेष्ठ– सदस्य
३५. राजेन्द्रप्रसाद पाण्डे– सदस्य
३६. रामकुमार भट्टराई– सदस्य
३७. रामचन्द्र झा– सदस्य
३८. लीलामणि पोखरेल– सदस्य
३९. वर्षमान पुन– सदस्य
४०. शक्तिबहादुर बस्नेत– सदस्य
४१. श्रीराम ढकाल– सदस्य
४२. सुनिलकुमार मानन्धर– सदस्य
४३. सुवासराज काफ्ले– सदस्य
४४. हितमान शाक्य– सदस्य
४५. हितराज पाण्डे– सदस्य











