Logo
Logo

राष्ट्रिय सभाका चार समितिले आज सभापति चयन गर्दै


567
Shares

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतका चार समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: rastiyasabha.gif

आज चारै समितिको सभापतिको निर्वाचनको कार्यसूची रहेको छ । बैठक दिउसो १ बजे समितिका सभा कक्षमा बस्ने गरी बोलाइएको छ । 

राष्ट्रिय सभामा चार दलबीच भएको सहमति अनुसार एमालेबाट उपाध्यक्ष बनेपछि दुई समितिको सभापति नेपाली काँग्रेस तथा नेकपा र जसपा नेपालले एक एक सभापति पाउने गरी सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्