
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् । अस्वस्थ भएपछि उनलाई सोमबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलले उपराष्ट्रपति यादवको उच्च रक्तचाप बढेकाले अस्पताल भर्ना गरिएको जानकारी दिए । भीआईपी क्याबिन नम्बर ७०१ मा राखेर उपचार गरिएकामा अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ ।
कतिपय परीक्षण गरिएका रिपोर्ट नर्मल आएको र केही परीक्षणका रिपोर्ट आउन बाँकी रहेको डा. गजुरेलले बताए ।










