Logo
Logo

ओली र लेखकलाई गल्ती स्वीकार गर्न महावीर पुनको सुझाव


1.1k
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको घटनामा गल्ती स्वीकार गर्नुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: mahabir.jpg

मङ्गलवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा गोली चलाउने आदेश नदिएको भए पनि उनीहरू सरकारको प्रमुख व्यक्ति भएको नाताले गल्ती भएको स्वीकार गरी माफी माग्नुपर्ने बताएका छन् ।

मातहतका कर्मचारी वा अधिकारीबाट भएको गल्तीको जिम्मेवारी प्रमुख व्यक्तिले लिनुपर्ने उनको तर्क छ । ‘आज उनीहरूले गोली चलाउने आदेश दिएनन् रे । तर प्रमुख त उनीहरू नै थिए नि । थाहा पाइएन भनेर उम्किन मिल्छ र ? ’ पुनले भने, ‘आफू प्रमुख हुँदा मातहतका कसैले गल्ती गरेमा वा बिराएमा त्यसलाई स्वीकार गर्न सक्नुपर्छ । बिरायो, गल्ती भयो, म क्षमा माग्छु भन्न सक्नुपर्छ । क्षमा माग्दा कसैको मान घट्दैन । गल्ती भएको कुरालाई जिम्मेवार व्यक्तिले स्वीकार नगर्ने हो भने मुख्य पदमा बस्नुको औचित्य नै के रहन्छ र ?’

प्रतिक्रिया दिनुहोस्