Logo
Logo

साथी मारेर भागेका चार जना पक्राउ


1.2k
Shares

काठमाडौं । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सोही नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीलाई पक्राउ गरिएको हो ।

तामाङलाई कुटपिट गरेर उनीहरूले मारेको सूचना स्थानीयले दिएका थिए । त्यसपछि प्रहरी चौकी बोयाँबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी मुख्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्