Logo
Logo

उपसभामुखमा श्रम संस्कृतिबाट २५ वर्षीया रुबीको उम्मेदवारी दर्ता


630
Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट पनि उम्मेदवारी दर्ता भएको छ । श्रम संस्कृति पार्टीबाट २५ वर्षीया रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।

कुमारीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमालेले समर्थन गर्ने बताएका थिए । पछिल्लो समय सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उनैलाई समर्थन गर्ने निर्णय गरेको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले रुवी कुमारीलाई समर्थन गर्ने जानकारी पत्रकारहरूलाई दिएका थिए ।

उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन् । संसद सचिवालयले उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्