गण्डकीमा एकैदिन १४० संक्रमित, चारको मृत्यु


Published On : 19 November, 2020

कास्की, ४ मंसिर । गण्डकी प्रदेशमा बिहीबार १४० जना कोरोना संक्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ८३ वर्षीया महिला, वडा नं १७ का ७५ वर्षीया महिला, वडा न २८ का ६० वर्षीया महिला र लमजुङको बेशीशहर नगरपालिका–५ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ््क्रमणबाट मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।
बिहीबार थपिने संक्रमितमा सबैभन्दा बढी कास्कीका ७७, नवलपरासी(पूर्व) का २२, बागलुङका ११, गोरखाका १०, तनहुँका नौ, स्याङजाका पाँच, लमजुङका तीन, मुस्ताङका दुई र पर्वतका एक जना छन् । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या १० हजार ६८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्