Logo
Logo

संसद् नियमावली तयार, प्रधानमन्त्रीले प्रत्येक महिना सांसदका प्रश्नको जवाफ दिने


0
Shares

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा तयार गरिएको मस्यौदा प्रतिवेदन सभामुख डीपी अर्याललाई बुझाइएको छ।

The current image has no alternative text. The file name is: pratinidhisava-niyamaoli-masauda.jpg

समितिको सभापतिमा गणेश पराजुलीले आज सभामुखलाई बुझाएका हुन् । चैत २३ गते बसेको प्रतिनिधिसभाको बैठकले मस्यौदा समिति गठन गरेको थियो ।

मस्यौदामा प्रतिनिधि सभामा फोटो खिच्नदेखि अडियो, भिडियो रेकर्ड गर्न नपाइने, बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने, आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको ७ दिनभित्र अनिवार्य जवाफ दिनुपर्नेलगायतको विषय समेटिएको छ ।

त्यस्तै प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
नियमावलीको नियम ५६ मा सांसदसँग प्रश्नोत्तरको व्यवस्था गरिएको हो । नियमावली पारित भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा सांसदका प्रश्नको जवाफ दिनु पर्नेछ ।

नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्ने व्यवस्था गरिएको छ । संसदीय व्यवस्थामा महत्त्वपूर्ण मानिने प्रश्नोत्तरको व्यवस्था विगतमा पनि गरिएको थियो ।

प्रतिनिधिसभा नियमावलीमा मन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था पनि गरिएको छ । प्रत्येक दिनको बैठकको एक घण्टा मन्त्रीसँगको प्रश्नोत्तरका लागि छुट्याइने नियम ४१ मा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्