Logo
Logo

एमालेले माग्यो गृहमन्त्री सुधन गुरुङको राजीनामा


630
Shares

काठमाडौं । नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङ जोडिएका विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।

The current image has no alternative text. The file name is: sudan-gurung.jpg

प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाउनुपर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गरियोस् । साथै, गृहमन्त्री स्वयंले ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन तुरुन्त मार्ग प्रशस्त गर्न हामी माग गर्दछौँ ।’

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार रहेको खुलेपछि गृहमन्त्रीमाथि राजीनामाको दबाब बढिरहेको छ।

एमालेले सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भए लगत्तै गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएको प्रकरणले सम्भावित अनियमितता र विसङ्गतिका रहस्यहरू समेत क्रमशः उजागर हुन सक्ने सङ्केत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्