Logo
Logo

‘बारीको कर्कलो’मा केकी र प्रकाश (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ मंसिर । गीतकार विजय दर्पण र संगीतकार तथा गायक योगेशकाजीको पछिल्लो गीत ‘बारीको कर्कलो’ सार्वजनिक भएको छ । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको उक्त गीतको भिडियोमा गायक प्रकाश सपुत र अभिनेत्री केकी अधिकारीले अभिनय गरेका छन् । भिडियोमा यी दुईको रोमान्स देख्न सकिन्छ ।
उक्त गीतमा विजय दर्पणको शब्द, योगेशकाजीको संगीत, गोविन्द पराजुलीको रेकर्डिस्ट र एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको छ । गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ । राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको भडियोमा अजय रेग्मीको छायाँकन तथा ड्रोन रहेको छ । यस भिडियोका लागि कोरियोग्राफी राजिव समरले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्