
काठमाडौं । बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन भएको छ । ५० वर्षको उमेरमा गएराति आफ्नै निवास नाईनामा उनको निधन भएको हो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित विष्ट चार वर्षदेखि ब्रेन क्यान्सरबाट पीडित थिए ।
गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र राष्ट्रिय आधा झण्डा झुकाउने बताए । उनका दुई छोरा, दुई छोरी र श्रीमति छन्।











