Logo
Logo

सुकुम्वासी बस्ती हटाउनेबारे सरकारले कुनै छलफल गरेको छैन


441
Shares

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती हटाउनेबारे मन्त्रिपरिषद्को बैठकमा कुनै छलफल नै नभएको बताएका छन् । 

The current image has no alternative text. The file name is: sasmit-pokhrel.jpg

प्रधानमन्त्री बालेन शाहले शनिवार र आइतबार काठमाडौंसहित देशभरको सुकुम्वासी बस्ती हटाउन निर्देशन दिएको चर्चाकाबीच उनले सरकारले यसबारे कुनै छलफल नगरेको बताएका हुन् ।  

आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता समेत रहेका पोखरेल सो चर्चाको खण्डन गरेका हुन् । उनले भने, ‘त्यसबारे अहिलेसम्म मन्त्रिपरिषद्बाट त्यस्तो केही पनि निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्