Logo
Logo

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य


63
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो ।

वैशाख १० गते बिहिवार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमल ज्ञवालीले जानकारी दिए ।

प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत गरिएको अनुरोधका आधारमा अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्