Logo
Logo

पूर्णबहादुर खड्काले फेरि बोलाए आफू पक्षीय नेताको भेला


945
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउवा समूहको भेला बोलाएका छन् । उनले १५ वैशाखका लागि १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपलब्ध क्षेत्रीय सभापतिहरूको भेला बोलाएका हुन् ।

भेला धुम्बाराहीस्थित होटल स्मार्टमा हुने खड्कानिकट स्रोतले जानकारी दियो । स्रोतका अनुसार ६ गतेको बैठकपछि निवर्तमान कार्यवाहक सभापति खड्काले समूहको भेला बोलाएका हुन् ।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी रिट खारेज गरेपछि नेता खड्काले धुम्बाराहीमा ६ वैशाखमा निवर्तमान केन्द्रीय सदस्यहरूसँग बैठक गरेका थिए । त्यसअघि उनले अघिल्लो दिन गल्फुटारस्थित निवासमा शीर्ष नेताहरूसँग छलफल गरेका थिए ।

६ वैशाखमै सभापति गगन थापा नेता खड्कालाई भेट्न उनको निवास गल्फुटार पुगेका थिए । दुई नेताबीच भएको छलफलबारे अहिलेसम्म सार्वजनिक रूपमा केही खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्