Logo
Logo

खटाएको ठाउँमा गएनन १६ कर्मचारी, ३ दिनभित्र नपुगे कारबाही गर्ने चेतावनी


756
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको स्थानमा नजाने १६ जना प्रमुख प्रशासकीय अधिकृतलाई तीनभित्र कामकाजमा खट्न निर्देशन दिएको छ ।

सरुवा गरिसकेपछि २१ दिनभित्र कार्यक्षेत्रमा पुग्नुपर्ने व्यवस्था छ । तर, ०८२ भदौदेखि माघसम्म खटाइएका १६ जना कर्मचारी हालसम्म तोकिएको स्थानमा नगएको पाइएपछि मन्त्रालयले निर्देशन नै दिएको हो ।

‘नगरपालिका÷गाउँपालिका) हरूमा रमाना भई हाजिर हुन नगएका उपसचिव तथा शाखा अधिकृत स्तरका सोह्र (१६) जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन (३) दिनभित्र अनिवार्य रूपमा कामकाज गर्न खटाइएको निकायमा रमाना लिई जान,’ मन्त्रालयले निर्देशन दिएको छ ।

तोकिएको पालिकामा नजाने निजामति सेवा नियमावलीमा रहेको व्यवस्था अनुसार कारबाही हुने चेतावनी मन्न्त्रालयले जानकारी गराएको छ ।

प्रमुख प्रशासकीय अधिकृत तोकेका तर कर्मचारी नगएको पालिकाहरूमा जयपृथ्वी नगरपालिका बझाङ, अमरगढी नगरपालिका डडेलधुरा, पुर्चौडी नगरपालिका बैतडी, साफेंबगर नगरपालिका अछाम, ठाकुरबाबा नगरपालिका बर्दिया, गढीमाई नगरपालिका रौतहट, महागढीमाई नगरपालिका बाराका रहेका छन् ।

त्यस्तै लिखु तामाकोशी गाउँपालिका रामेछाप, सुर्नया गाउँपालिका बैतडी, मष्टा गाउँपालिका बझाङ, जुनीचाँदे गाउँपालिका जाजरकोट, सिद्धकुमाख गाउँपालिका सल्यान, यशोधरा गाउँपालिका कपिलवस्तु, कोशी गाउँपालिका सुनसरी, आमचोक गाउँपालिका भोजपुर र शिवनाथ गाउँपालिका बैतडी छन् ।

प्रतिक्रिया दिनुहोस्