काठमाडौं । सत्तारुढ रास्वपा कार्यालयमा सुकुम्वासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले रास्वपा कार्यालय अगाडि नेपाल प्रहरीको टोली तैनाथ गरिएको छ ।

सरकारले काठमाडौंका सुकुम्वासी बस्ती खाली गराउने तयारी अघि बढाएसँगै उनीहरू आन्दोलनमा उत्रिएका छन् ।
थापाथली लगायतका सुकुम्वासी क्षेत्रका मानिसहरू शुक्रवार बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । सरकारले उपयुक्त विकल्प नदिई आफूहरूको वासस्थान खाली गराउन लागेको भन्दै उनीहरू आक्रोशित भएका हुन् ।
सुकुम्वासी रास्वपा पार्टी कार्यालयमा जान लागेका छन् । आफूहरूलाई नहटाउन दबाब दिनका लागी उनीहरू वनस्थलीस्थित पार्टी कार्यालयमा जान लागेका हुन् ।











