Logo
Logo

सुत्केरीको मृत्यु भएपछि चिकित्सक फरार, आफन्तद्वारा तोडफोड


- दृष्टि न्युज/संवाददाता


सिरहा, ७ मंसिर । गएराति सिरहाको लहानस्थित एक निजी अस्पतालमा चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको छ । सुखीपुर नगरपालिका–९ की २७ वर्षीया आरती साहको डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार भर्ना गरिएको थियो । उनको सल्यक्रिया गर्नेक्रममा मृत्यु भएको थियोे । सुत्केरीको मृत्यु भएपछि अस्पतालका चिकित्सक फरार भएका छन् ।
आक्रोशित मृतकका आफन्तहरु रातीदेखि नै प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले अस्पतालमा तोडफोड गर्नुको साथै उपचारमा लापरबाही गर्ने डाक्टरमाथि कारबाहीको माग गरेका छन् । सम्भावित क्षति रोक्न प्रशासनले अस्पताल अगाडि सुरक्षाकर्मी तैनाथ गरेको छ । शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्