Logo
Logo

इराकमा आइएसद्धारा ७ प्रहरीको हत्या


- दृष्टि न्युज/संवाददाता


दोहा, ७ मंसिर (एएनआई) । इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर ७ जना सुरक्षाकर्मी मारिएका बताइएको छ । शनिबार सो हमला भएको थियो । उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ ।
शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो । सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए । त्यसपछि यो आक्रमणको घटना भएको बताइएको छ । शनिबार साँझ सो हमला भएको छ । यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ । इराकको उक्त प्रान्त राजधानी बगदादबाट करिब २०० मिटर टाढा पर्दछ । उक्त स्थानमा पछिल्ला केही दिनहरुमा आइएसले आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्