Logo
Logo

वैशाख २८ देखि संसद अधिवेशन आह्वान गर्न सिफारिस


315
Shares

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि बैठक आह्वानको सिफारिस गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले संसद बैठक आह्वानका लागि सिफारिस गरिएको जानकारी दिए ।

मन्त्री पोखरेलका अनुसार दुवै सदको बैठक २८ गते दिउँसो २ बजे बस्नेछ । सरकारले पठाएको ८ वटै अध्यादेश राष्ट्रपतिले जारी गरेलगत्तै सरकारले संसद बैठक आह्वानका लागि सिफारिस गरेको हो ।

यसअघि वैशाख १७ गतेबाट आह्वान गरिएको संसद बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो । त्यसपछि संसद स्थगित गरेर अध्यादेश ल्याएको भन्दै सरकारको चार्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्