Logo
Logo

उद्योग वाणिज्य महासङ्घको एसोसिएट सदस्यमा को-को निर्वाचित भए ?


0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको एसोसिएट सदस्यमा सचिन ढकाल सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन् । एसोसिएट तर्फको १७ सदस्य पदका लागि भएको प्रतिस्पर्धामा ढकालले सबैभन्दा धेरै १३ सय १८ प्राप्त गरेका छन् ।

उनी पछि हेमन्त गोल्छाले १२ सय २ मत प्राप्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालका छोरा हुन् सचिन ढकाल। उनी आइएमई ग्रुपसँग आवद्ध छन् ।

फुटबल चितवन क्लब (एफसी चितवन)को अध्यक्ष समेत रहेका ढकाल खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय पनि आवद्ध छन् । ढकालको व्यवस्थापनमा बाग्लुङमा इला कम्फर्ट होटल सन्चालनमा छ । महासंघको एसोसिटतर्फबाट निर्वाचित सदस्यमा ढकाल सबैभन्दा युवा पनि हुन् ।

एसोसिएट सदस्यमा कसको कति मत ?
१. सचिन ढकाल – १३१८ मत
२. हेमन्त गोल्छा – १२०२ मत
३. अम्बिका प्रसाद पौडेल – ११८३ मत
४. उज्ज्वल कुमार श्रेष्ठ – ११४६ मत
५. शक्ति कुमार बेगानी – ११४२ मत
६. ऋषि अग्रवाल – ११२२ मत
७. राजेश कुमार अग्रवाल – १०८२ मत
८. सुयस प्याकुरेल – १०६९ मत
९. सुशील थापा – १०५४ मत
१०. रामशरण भण्डारी – १०४३ मत
११. बाबु काजी कार्की – १००६ मत
१२. दिवश न्यौपाने – ९९१ मत
१३. प्रियराज रेग्मी – ९५४ मत
१४. इश्वर बहादुर जि.सी. – ९४५ मत
१५. सुरज उप्रेती – ९०७ मत
१६. कृष्ण लाल महर्जन – ८७४ मत
१७. बटु लामिछाने – ८६० मत

प्रतिक्रिया दिनुहोस्