
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले सिंहदरबारमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा आज दिउँसो ३ देखि ५ बजेसम्म छलफल गर्न लागेको हो ।
कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव सङ्कलन गरिने जानकारी दिए ।












