Logo
Logo

बालेनले राजनीतिक नियुक्तिलाई बदनाम गर्न खोजे : दुजाङ शेर्पा


252
Shares

काठमाडौं । नेपाल विद्यार्थी सङ्घका निःवर्तमान अध्यक्ष दुजाङ शेर्पाले सरकारले राजनीतिक दलहरूले नियुक्त गरेका सबै व्यक्ति तथा पदाधिकारीहरू खराब हुन् भन्ने भाष्य बनाउन खोजेको टिप्पणी गरेका छन् । 

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै शेर्पाले  प्रधानमन्त्री बालेन शाहले विगतका सरकारले गरेको सबै राजनीतिक नियुक्तिहरूको बदनाम गर्ने गरी भाष्य निर्माण गर्नै खोजेको आरोप लगाएको हुन् । 

विगतका सरकारले नियुक्त गरेका सबै पदाधिकारीहरूलाई ‘ब्रिफकेस बुझाएर आएका’ भन्ने सन्देश फैलाउन खोजिएको उनको जिकिर छ । उनले प्रधानमन्त्रीको क्याबिनेटमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई कति रकम बुझाएर योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो ? भन्दै प्रश्न समेत गरे । 

उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र साहले राजनीतिक दलहरूले नियुक्त गरेका सबै व्यक्तिहरू र पदाधिकारीहरू खराब हुन् भन्ने भाष्य बनाउन खोजिरहनुभएको छ । यिनीहरू सबै ब्रिफ केस बुझाएर नियुक्ति खाएका हुन् भन्ने भाष्य अहिले निर्माण गर्न खोजिएको छ । प्रधानमन्त्रीज्युको क्याबिनेटको अर्थमन्त्री स्वर्णिम वाग्ले हुनुहुन्छ । अब उहाँले भनिदिनुप¥यो कति करोड बुझाएर तपाईँ हिजो योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो रु हिजो नेपाली काँग्रेसले उहाँलाई विश्वास गरेर विज्ञताको आधारमा नियुक्त गरेको हो नि ।’ उनले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै प्रतिवादको लागि तयार रहन आग्रह समेत गरे ।
 

प्रतिक्रिया दिनुहोस्