Logo
Logo

कांग्रेसको संस्थापन इतर समूहले बोलायो बागमती प्रदेशस्तरीय भेला


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर पक्षले बागमती प्रदेशस्तरीय भेला बेलाएको छ । यही वैशाख ३० गते काठमाडौँमा बस्नेगरी बागमती प्रदेस्तरीय अगुवा कार्यकर्ता भेला गर्ने निर्णय भएको हो । पार्टीलाई एकताबद्ध बनाउन प्रदेशस्तरीय भेला गर्न लागिएको उक्त समूहले जनाएको छ ।

वैशाख १८ मा पूर्णबहादुर खड्का समूहका शीर्ष नेताको बैठकले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र जरा अभियान अवज्ञा गर्ने प्रदेशगत जिम्मेवारी तोकेको थियो । नेता प्रकाशमान सिंह र प्रकाशशरण महतलाई बागमती प्रदेशको जिम्मेवारी दिइएको छ । भेलाले क्रियाशील सदस्यता अद्यावधिक र जरा अभियान अवज्ञाका लागि रणनीति बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्