Logo
Logo

एसइईको नतिजा बैशाख २९ गतेभित्रै सार्वजनिक हुने


189
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइईको नतिजा बैशाख २९ गते भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गत चैत्र १९ देखि २९ सम्म सञ्चालित एसइई परीक्षाको नतिजा एक महिनाभित्र प्रकाशित गर्न सरकारले दिएको निर्देशन अनुसार अहिले अन्तिम चरणको काम भइरहेको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।

उनले हाल ३०–३५ कर्मचारीबाट टेबुलेसनको काम भइरहेको जानकारी दिदै सरकारले दिएको डेडलाइन बैशाख २९ भित्रनै नतिजा प्रकाशित हुने बताए । यस वर्षको एसइईमा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी थिए ।

यो वर्ष पहिलोपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको थियो । हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण गरिएको र प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्