Logo
Logo

गोदावरी नगरपालिकाका मेयरले चलाएको सरकारी गाडी दुर्घटना


0
Shares

कैलाली । गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी गाडी दुर्घटना भएको छ ।

The current image has no alternative text. The file name is: accident-.jpg

शनिवार राति मोहनापुल अत्तरिया ६ लेन सडकखण्डस्थित धनगढी उपमहानगरपालिकाको गेटामा उनले चलाएको सुपप्र०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने भएको छैन । गाडी प्रहरी चौकी कैलाली गाउँमा राखिएको छ । मेयर भट्ट भने सामान्य भएकोले तत्कालै आफन्तसँग घर गइसकेका छन् ।

मेयर भट्टले गाडी बुझ्न बिहानै प्रहरी चौकीमा चालक अनिल शाहलाई पठाएका थिए । तर, अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले तत्काल गाडी दिएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्