Logo
Logo

मधेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलको निर्णय


0
Shares

काठमाडौं । मधेश प्रदेशमा सत्तारुढ चार दलले कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ । जनमत पार्टीले समर्थन फिर्ता गरेपनि कांग्रेस, जसपा नेपाल, नेकपा र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।

साथै वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत लिने निर्णय पनि गरेका छन् । उनीहरूले विज्ञप्तिमार्फत यथाशिघ्र चाँडो विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन् । गत वैशाख २२ गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्