Logo
Logo

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राप्रपाले आगामी जेठ १ गते बस्नेगरी बैठक बोलाएको हो । प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बैठक शुक्रबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने जानकारी दिएका छन् ।

निर्वाचनपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्न, सातवटै प्रदेशको समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न, केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्न लगायत पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषयहरू र समसामयिक परिस्थितिका विविध विषयमा छलफल गर्न बैठक बोलाइएको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्