Logo
Logo

भारतको आर्थिक सहयोगमा निर्माण हुने विद्यालय भवनको शिलान्यास  


0
Shares

कैलाली ।  भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव नारायण सिंहले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका-१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरेका छन् । 

The current image has no alternative text. The file name is: kailali.jpg

भारत सरकारको आर्थिक सहयोगमा करिब ३ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण हुने यो विद्यालय भवन ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत धनगढी उपमहानगरपालिकामार्फत निर्माण गरिने छ ।

शिलान्यास समारोहमा धनगढी उपमहानगरपालिकाका मेयर तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारले नेपाललाई प्रदान गर्दै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए । उनीहरूले नयाँ भवनले स्थानीय विद्यार्थी र शिक्षकहरूलाई अझ राम्रो सिकाइ वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

भारतीय राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नजिकका छिमेकीको रूपमा भारत र नेपालबीच बहुक्षेत्रीय सहकार्य निरन्तर छ । यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूले नेपाल सरकारको पूर्वाधार विकास र समृद्धिको प्रयासलाई सुदृढ पारिरहेका छन् ।” 

प्रतिक्रिया दिनुहोस्