Logo
Logo

एक सातादेखि राष्ट्रिय परिचयपत्र प्रणाली अवरुद्ध


0
Shares

काठमाडौं । राष्ट्रिय परिचयपत्र सम्बन्धी अनलाइन प्रणाली एक सातादेखि अवरुद्ध हुँदा सेवाग्राहीहरूले सास्ती खेप्नुपरेको छ । २१ वैशाखदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक समस्याका कारण विभिन्न सेवा प्रभावित बनेका हुन् ।

The current image has no alternative text. The file name is: rastiyaparichayapatra.gif

समस्या समाधान हुन नसक्दा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित अत्यावश्यक सेवाहरू ठप्पजस्तै बनेका छन् । नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालले प्रणाली सुधारका लागि निरन्तर प्रयास भइरहेको जानकारी दिएका छन् ।

उनका अनुसार प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको छ र सकेसम्म छिटो सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

सिस्टम अवरुद्ध हुँदा विवरण सच्याउने, जन्मदर्ताका क्रममा राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्ने, सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि बायोमेट्रिक प्रमाणीकरण गर्ने लगायतका सेवा प्रभावित भएका छन् ।

लामो समयसम्म प्रणाली सञ्चालनमा नआउँदा सेवाग्राहीहरू कार्यालय धाउन बाध्य भएका छन् भने दैनिक प्रशासनिक कामकाजसमेत प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्