Logo
Logo

सांसद खरेलको चुनौतीः आरोप पुष्टि गर, राजनीति छाड्छु


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले आफूविरुद्ध स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा जोडेर भ्रामक समाचारहरू प्रकाशित भएको भन्दै आरोप पुष्टि गर्न चुनौती दिएका हुन् । स्मार्ट टेलिकमको प्रकरणमा जोडिएर आफूले एउटा बैठक, फाइल पारित गर्ने कुनै काम नगरेको पनि जिकिर गरे ।

‘स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर सुटुक्क स्वीट्जरल्याण्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, भ्रामक र सी ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने हिसाबमा जसरी समाचार प्रकाशित गरियो,’ खरेलले भने, ‘यसले मेरो मान, सम्मान, इज्जत, राजनीतिक जीवन, समग्र संसद् र मेरो पार्टीभित्र अपमान गरेको महसुस गरेको छ । यो संसद्मा रेकर्ड रहोस् भनेर यसको खेद र भत्र्सना गर्न चाहन्छु ।’

उनले थप चुनौती दिँदै भने, ‘म खुला रुपमा चुनौती दिन चाहन्छु कि यो प्रमाणित गर, प्रमाणित गर्न सक्दैनौं भने पत्रकारिताको जीवनबाट पत्रिका बन्द गर्न सक्ने हिम्मत छ ?’ यदी आफू उक्त प्रकरणमा जोडिएको प्रमाणित भए सिंगो राजनीतिक जीवनबाट बिदा लिने पनि उनले घोषणा गरे ।

‘म चुनौती दिन चाहन्छु, स्मार्ट टेलिकम प्रकरणमा मैले एउटा मिटिङ, फाइल पारित गर्ने, मन्त्रालय वा सम्बद्ध कुनै निकायसँग एउटा बैठक मात्रै गरेको रहेछु भने मैले मेरो राजनीतिक जीवनबाट सधैं बिदा लिन चाहन्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्