
काठमाडौं । संघीय संसद्को दुवै सदनको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुआत भएको छ ।
सांकेतिक भाषामा पनि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रशारण सुरु भएको हो । यो विगतमा संसद्मा निरन्तर माग हुँदै आएको विषय हो ।
यसआधारमा सभामुख डोलप्रसाद अर्यालले दलहरूको परामर्श समेतका आधारमा संसद्को प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुवात गरेका हुन् ।












