
काठमाडौं । संघीय संसद प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने सदस्य मनोनीत भएका छन् । सभामुख डोलप्रसाद अर्यालले आज ७ जनालाई सभा सञ्चालन गर्ने सदस्यका रूपमा मनोनीत गरेका हुन् ।
जसमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी सभा सञ्चालन गर्ने सदस्य मनोनीत भएको सभामुख अर्यालले जानकारी दिए ।












