Logo
Logo

बाँदर धपाउन सार्वजनिक बिदा


252
Shares

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउनका लागि जेठ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बाँदरलाई सीमा कटाउन धेरै व्यक्ति खटिनुपर्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

The current image has no alternative text. The file name is: laligursa-.jpg

नगरप्रमुख अर्जुन माबोहाङले जारी गरेको सूचनामा लेखिएको छ, ‘बाँदर खेद्नका लागि ठूलो सङ्ख्यामा जनपरिचालन आवश्यक भएको हुँदा जेष्ठ १ गते शुक्रबारको दिन अत्यावश्यक बाहेकका सेवाहरू बन्द हुने गरी सार्वजनिक बिदा घोषणा गरिएको बेहोरा समेत जानकारी गराइन्छ ।’

नगरप्रमुख माबोहाङका अनुसार बाँदरको समस्या सतहमा सामान्य देखिए तापनि कृषक वर्गमा व्यापक असर परेको छ । बाँदरबाट कृषिउपज जोगाउनका लागि रातदिन खेतबारी रुँघ्नुपर्ने विवशताले कतिपय बालबालिका विद्यालय जानसमेत पाएका छैनन् ।

यही बढ्दो समस्यालाई ध्यानमा राख्दै लालीगुराँस नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटमार्फत ‘कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण’ कार्यक्रम समेत अघि बढाएको छ ।

नगरपालिकाले वडा नम्बर ८ को मेघा पुच्छार, वडा नम्बर ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नम्बर ५ को सिंथापा पुच्छार क्षेत्रमा अस्थायी संरचनासहित बाँदर हेरालु समेत खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्