Logo
Logo

रास्वपाले गठन गर्‍यो महाधिवेशन आयोजक समिति


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति गठन गरेको छ ।

The current image has no alternative text. The file name is: rabi-lamichhane-.jpg

केन्द्रीय कार्यालय वनस्थलीमा आज बिहान बसेको केन्द्रीय समिति बैठकले लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको हो ।

रास्वपाले पार्टी स्थापनाको चौथो वर्ष पुगेको अवसरमा आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ । मूल आयोजक समितिमा हाललाई केन्द्रीय समितिमा रहने छ ।

यस्तै, महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । उपसमितिको संयोजक तोकिएको छैन । प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, प्रचार प्रसार व्यवस्थापन समिति, सूचना तथा प्रविधि व्यवस्थापन समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन समिति, सांस्कृतिक कार्यक्रम समिति र अतिथि सत्कार समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्