काठमाडौं । प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस भएको छ । सभामुख डीपी अर्यालले हर्कराज राईलाई सचिवबाट हटाएर अधिकारीको नाम सचिवमा सिफारिस गरेका हुन् ।

सचिवमा सिफारिस भएका अधिकारी सङ्खुवासभाको खाँदबारी नगरपालिका ३ का स्थायी बासिन्दा हुन् ।
उनी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त भएका कर्मचारी हुन् । सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवलाई सभामुख तथा राष्ट्रिय सभाको अध्यक्षको रिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा हटाउने व्यवस्था रहेको छ ।














