काठमाडौं । संसद् बैठक बहिष्कार गरेर बाहिरिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गरेका छन् । सांसदबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्तारुढ दलले आफूखुशी संसद् चलाइरहेको आरोप लगाएका हुन् ।

उनले भने, ‘हामीले संसद् बैठक बहिष्कार गरेको हो । प्रधानमन्त्री नै छैन देशमा । भए त आउनुपर्ने । प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने कुरा अरूलाई पठाउने भइरहेको छ । हाम्रो केही प्रश्न पनि छन् । थुप्रै कुरा छन् । सत्तारुढ दलले मनखुशी चलाइरहेको छ ।’
सांसदहरूलाई ठेलीका ठेली किताब दिएर भोलि पढेर ल्याउनु भनेजस्तै गरिएको साम्पाङले बताए । उनले भने, ‘समयहरु हुन्छ नि त । नीति तथा कार्यक्रमको छलफल गर्न पनि पर्याप्त समय दिएको छैन । बजेट पनि त्यसै गरिरहेको छ । हामी निस्किसक्या छौँ अरू पनि कराइरहेका छौँ । अब पब्लिकले मूल्याङ्कन गर्छन् ।’














